Wednesday, December 25, 2019

म ,किन ओखल्ढुङ्गामा ???

‌ मेरो बुवा डुलहरी दाहाल ओखल्ढुङ्गा जिल्लाको चिरपरिचित ओकिल हुनुहुन्थ्यो । ओखल्ढुङ्गा जिल्लामा ओकालत गर्नुहुन्थ्यो  ।  म ओखल्ढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाविसमा रहेको रामपुर स्कुलमा अध्ययन गर्दथे ।बुवाले जिल्ला सदरमुकाममा रहेको त्यतिबेलाको जिल्लाकै एक मात्र अङ्ग्रेजी  बिध्यालय लालिगुरास ईंग्लिश स्कुलमा मलाई   भर्ना गराउनु भयो । त्यति बेला बोर्डिङ स्कुल  अध्ययन गर्ने अवसर  धेरै कमले मात्र प्राप्त गर्दथे किनकि  सबै अभिभावकको बोर्डिङ स्कुलमा आफ्ना नानी बाबुहरुलाई अध्ययन गराउने क्षमता हुदैन थियो ।
 मेरो बुवा ओखल्ढुङ्गा  जिल्लाको परिचित वकिल  भएका कारण मैले त्यो अवसर प्राप्त गरेको थिए । म भग्यमानी रहेछु । भग्यमानी यस अर्थमा की मैले जिल्लाको एक मात्र बोर्डिङ   स्कुलमा अध्ययन गर्ने अवसर प्राप्त गरेको थिए ।त्यतिबेला अङ्ग्रेजी  माध्यमको बिध्यालयमा अध्ययन गर्ने अवसर  कमै  मात्रले प्राप्त गर्दथे ।म त्यस्ता थोरै मात्र भाग्यमानीहरुमध्य पर्दथे ।मैले  लालिगुरास इङ्लिस  स्कुलमा कक्षा ६ सम्म अध्ययन गर्ने अवसर प्राप्त गरे ।तत्पश्चात मेरो परिवार विभिन्न कारणले  काठमाण्डाैमा पुग्यो ।मैले एस एल सि , प्लुस २ र स्नातक तह काठमाण्डाैमा नाम चलेका बिध्यालय र कलेजबाट उतिर्ण गरे । मलाई
‌ सबैजनाले मेहनती छस भनिदिनुहुन्थ्यो । आनि मेहनत गरेर पढ्दथे । लालिगुरास ईंग्लिश स्कुलमा पढ्दाका सम्पुर्ण सथिहरु संग म सम्पर्कमै रहिरहे । घर ओखल्ढुङ्गा जिल्लाकै रामपुरमा भएको कारण  आउँदा जादा भेट भैरहन्थ्यो। बिध्यालयहरु परिबर्तन भएकोे कारण मेरा धेरै सथिहरु भए ।‌काठमाडौंका सुबिधा सम्पन्न अङ्ग्रेजी माध्यमका स्कुल र कलेज पढेका अधिकाम्स बिध्यार्थिहरुको चाहाना अमेरिका , अस्ट्रेलिया, बेलायत् र युरोपियन देशहरूमा गाएर पढ्ने र धेरै पैसा कमाउने हुदो रहेछ । तर म अफ्नै देशमा केही गर्न पाउने अवसरको खोजिमा थिए । म धेरै आत्मिय सथिहरुका सुटकेस बोकेर एयरपाेर्ट सम्म बिदाइ गर्न गएकाे छु । तर मलाई कहिल्यै पनि बिदेश मोह जागेन । आफ्नै घर परिबार आफन्तसंग रमाउदै आफुले पढेको जानेको ज्ञान र सिपलाइ हाम्रो समाजको हितको लागि प्रयोग गर्ने र यहि सुखी जीवन जिउने इच्छा थियो । मैले सिक्किम  मनिपाल युनिभर्सिटीबाट सुचना प्रबिधि विषयमा स्नातक उत्तिर्ण गरेको थिए । आफ्नै जन्मभुमिमा केही गर्ने इच्छा गरेको मैले आफ्नै जिल्लाको एउटा गाउँपालिकामा सुचना प्रबिधी अधिकृतको रुपमा काम गर्ने अवसर प्राप्त गरे । मलाई अत्यन्तै खुशी लाग्यो ।न्युरोडमा किनेको एउटा सुटकेसमा केही कपडाहरु  राखेर आमाको आशिरवाद लिएर आफ्नै जन्मभूमि ओखल्ढुङ्गा आए  ।  ओखलढुंगामा आएर काम गरेको २ बर्ष  भयो ।गाउँमा  कतिपय मानिसहरुको सोच साघुरो रहेछ । मेरो २ बर्षको बसाइले ती साघुरा सोचहरुलाइ फराकिला बनाउने प्रयास  गर्यो । गाउँका केही शिक्षित  वर्गले जागिर छोडेर बिदेश जाने सल्लाह दिनुहुन्थ्यो । केही नबुज्नेहरुले बिदेश जान सकेन आनि गाउँ आयो भन्नुहुन्थ्यो तर म बिचलित भइन । लाग्छ राज्यलाई हाम्रो आवश्यकता छ । आनि हामिले पनि गरेनौ भने कसले गर्ने ? राज्यले शिक्षामा गरेको ठुलो लगनिले हामी शिक्षित भएका छौ तर हामीले हाम्रो जवानी, सीप र कुशलता अरुको देशमा गएर खर्चिनु राज्यको लागि धोका हुनेछ  जस्तो लाग्छ । धेरै बिध्यार्थिहरुको सपना  अमेरिका , अस्ट्रेलिया, युरोपमा गायर धेरै पैसा कमाउने छ । अभिभावकहरुले आफ्ना कलिला नानी बाबू हरुको मस्तिस्कमा अमेरिका , अस्ट्रेलिया, युरोप हलिदिनुभयको छ । यो धेरै गलत छ जस्तो लाग्छ ।  समाज परिबर्तन बौधिक बर्ग समाजमानै रहेर हरेक सामाजिक कृयकलापमा उपस्थित भयर अदृश्य रुपमा समजका बिकृती बिसङ्गती हरुलाइ उखेलेर फल्नु पर्ने हुन्छ तर हामीकहा बौद्धिक बर्ग पलायन हुँदै छ । आफ्नै जन्मभुमिमा सनो जिम्मेवारी लियर आफ्नो सीप र कुशलता प्रस्तुत गरेर राज्यलाई झिनो भयपनी योगदान पुर्याउन पाउँदा  म अत्यन्तै खुशी छु ।

Monday, November 25, 2019

ओखलढुंगाका युवाहरु आधुनिक कृषी र पशुपालनमा जागरुक हुदै

कृषी र पशुपालनमा युवाहरु

ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका निवासी स्थानिय युवा शिक्षक चुडामणीअधिकारि र अशोक किरण लुइँटेलले स्वदेशमै केही गर्ने अभिप्रायले ओखलढुंगा यग्रो यन्ड लाइभ प्रा.लि नामको कम्पनी दर्ता गरि आफ्नै गाउँ ठाँउमा व्यावसाय सुरु गरेर एउटा उदाहरणीय कामको थालनी गर्नु भयको छ ।
पढेलेखेका शिक्षित  युवाहरु समेत विदेश पलायन भइरहेका बेला बिदेशको मोह त्यागेर आफ्नै गाउँमा ब्यवसायको थालनी गर्नुभयको हो । परम्परागत कृषि प्रणाली भयको हाम्रो देशमा अधुनिक किसिमले कृषि ब्यवसाय, पशुपालन, नर्सरीबाट बिरुवा उत्पादन,बख्रा पालन समेतको थालनी गर्नु भयको छ ।

काठमाडौंमा उच्च  शिक्षा हाशिल गरेर विदेश मोह त्यागि आफ्नै गाउँमा शिक्षाको ज्योती फैलाउन प्रबुद्ध माध्यमिक बिध्यालय च्यानमका शिक्षक बनेर फर्कनुभयका युवा चुडामणीअधिकारिले आफ्नो गाउँलाई कृषी र पशुपालनमा आत्मनिर्भर बनाउन सो कामको थालनी गरेको बताउनु भयो ।युवाहरु आधुनिक कृषी प्रणालीमा लागेर देशलाई कृषी उपज र पशुपालनमा आत्मनिर्भर बनाउनु पर्छ भन्ने वाहाहरुको विश्वाश छ ।







ओखलढु‌ँगाकाे धार्मिक स्थल ककनी सम्बन्धी भिडियो हेर्न यहाँ थिच्नुहाेस्

बाला चतुर्दशीको अबसरमा जलजलेश्वरमा बालन प्रतियोगिता, रामपुर प्रथम

ओखलढु‌ंगा खबर

बाला चतुर्दशी पर्व २०७६ को अबसर पारेर मोलुङ गाउँपालिकाको जलजलेश्वर महादेवस्थान त्रिबेणीमा लोपोन्मुख बालन प्रतियोगिता सम्पन्न भएको छ । बालाचतुर्दशीको अबसरमा आईतवार राती सम्पन्न भएको बालन प्रतियोगितामा मोलुङको रामपुर बालन समूह प्रथम भएको छ । रामपुर समूह प्रथम हुदै नगद रु १५ हजारका साथमा प्रमाणपत्र समेत हात पारेको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै र आफ्नो लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ बालन गीत प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुन्तादेवी वालन समूह द्वितिय, फुयाँल गाउँ बालन समूह तृतिय र सुनकोसी ८ बालन समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । विजयी भएका टिमहरुले क्रमशः द्वितियले नगद रु १० हजार, तृतियले नगद रु ७ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले नगद रु ५ हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरेका छन् । विजयी टिमहरुलार्इं संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि माननिय सांसद सुनुवारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जिल्लाको यो महत्वपूर्ण स्थानको प्रचार प्रसारका लागि लोपोन्मुख संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सम्बोधनका क्रममा सांसद सुनुवारले हाम्रो लोपहुन लागेको भाषा, संस्कार संस्कृतिको संरक्षण, जगेर्ना गर्न सबै आ–आफ्नो क्षेत्रबाट लागि पर्नुपर्ने भन्दै यस क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

प्रतियोगितामा मन्दिर आसपासका सुनकोशी गाउँपालिका र मोलुङ गाउँपालिकाका ६ ओटा टिमले सहभागीता जनाएका थिए । प्रतियोगीताको अबलोकनका लागि सांसद सुनुवारसँगै, नेकपा स्थायी आमन्त्रीत सदस्य पेशल खतिवडा, ओखलढुङ्गा जिल्ला समन्वय समिती सभापति जय बहादुर श्रेष्ठ , मोलुङ गाउँ पालिका अध्यक्ष मणिराज राइ उपाध्यक्ष हेम कुमारी तामाङ, शुनकोशी गाउँपालिका अध्यक्ष रुद्र प्रसाद अधिकारी लगायत पुग्नुभएको थियो । कार्यक्रमको समापनको क्रममा अवलोकनका लागि पुग्नुभएको अन्य अतिथिहरुले समेत भाषा संस्कृतीको संरक्षणको पक्षमा सम्बोधन समेत गर्नभएको मोलुङ गाउँपालिकाका सुचना अधिकृत गोपाल नेपालले जानकारी दिनुभयो ।