मेरो बुवा डुलहरी दाहाल ओखल्ढुङ्गा जिल्लाको चिरपरिचित ओकिल हुनुहुन्थ्यो । ओखल्ढुङ्गा जिल्लामा ओकालत गर्नुहुन्थ्यो । म ओखल्ढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाविसमा रहेको रामपुर स्कुलमा अध्ययन गर्दथे ।बुवाले जिल्ला सदरमुकाममा रहेको त्यतिबेलाको जिल्लाकै एक मात्र अङ्ग्रेजी बिध्यालय लालिगुरास ईंग्लिश स्कुलमा मलाई भर्ना गराउनु भयो । त्यति बेला बोर्डिङ स्कुल अध्ययन गर्ने अवसर धेरै कमले मात्र प्राप्त गर्दथे किनकि सबै अभिभावकको बोर्डिङ स्कुलमा आफ्ना नानी बाबुहरुलाई अध्ययन गराउने क्षमता हुदैन थियो ।
मेरो बुवा ओखल्ढुङ्गा जिल्लाको परिचित वकिल भएका कारण मैले त्यो अवसर प्राप्त गरेको थिए । म भग्यमानी रहेछु । भग्यमानी यस अर्थमा की मैले जिल्लाको एक मात्र बोर्डिङ स्कुलमा अध्ययन गर्ने अवसर प्राप्त गरेको थिए ।त्यतिबेला अङ्ग्रेजी माध्यमको बिध्यालयमा अध्ययन गर्ने अवसर कमै मात्रले प्राप्त गर्दथे ।म त्यस्ता थोरै मात्र भाग्यमानीहरुमध्य पर्दथे ।मैले लालिगुरास इङ्लिस स्कुलमा कक्षा ६ सम्म अध्ययन गर्ने अवसर प्राप्त गरे ।तत्पश्चात मेरो परिवार विभिन्न कारणले काठमाण्डाैमा पुग्यो ।मैले एस एल सि , प्लुस २ र स्नातक तह काठमाण्डाैमा नाम चलेका बिध्यालय र कलेजबाट उतिर्ण गरे । मलाई
सबैजनाले मेहनती छस भनिदिनुहुन्थ्यो । आनि मेहनत गरेर पढ्दथे । लालिगुरास ईंग्लिश स्कुलमा पढ्दाका सम्पुर्ण सथिहरु संग म सम्पर्कमै रहिरहे । घर ओखल्ढुङ्गा जिल्लाकै रामपुरमा भएको कारण आउँदा जादा भेट भैरहन्थ्यो। बिध्यालयहरु परिबर्तन भएकोे कारण मेरा धेरै सथिहरु भए ।काठमाडौंका सुबिधा सम्पन्न अङ्ग्रेजी माध्यमका स्कुल र कलेज पढेका अधिकाम्स बिध्यार्थिहरुको चाहाना अमेरिका , अस्ट्रेलिया, बेलायत् र युरोपियन देशहरूमा गाएर पढ्ने र धेरै पैसा कमाउने हुदो रहेछ । तर म अफ्नै देशमा केही गर्न पाउने अवसरको खोजिमा थिए । म धेरै आत्मिय सथिहरुका सुटकेस बोकेर एयरपाेर्ट सम्म बिदाइ गर्न गएकाे छु । तर मलाई कहिल्यै पनि बिदेश मोह जागेन । आफ्नै घर परिबार आफन्तसंग रमाउदै आफुले पढेको जानेको ज्ञान र सिपलाइ हाम्रो समाजको हितको लागि प्रयोग गर्ने र यहि सुखी जीवन जिउने इच्छा थियो । मैले सिक्किम मनिपाल युनिभर्सिटीबाट सुचना प्रबिधि विषयमा स्नातक उत्तिर्ण गरेको थिए । आफ्नै जन्मभुमिमा केही गर्ने इच्छा गरेको मैले आफ्नै जिल्लाको एउटा गाउँपालिकामा सुचना प्रबिधी अधिकृतको रुपमा काम गर्ने अवसर प्राप्त गरे । मलाई अत्यन्तै खुशी लाग्यो ।न्युरोडमा किनेको एउटा सुटकेसमा केही कपडाहरु राखेर आमाको आशिरवाद लिएर आफ्नै जन्मभूमि ओखल्ढुङ्गा आए । ओखलढुंगामा आएर काम गरेको २ बर्ष भयो ।गाउँमा कतिपय मानिसहरुको सोच साघुरो रहेछ । मेरो २ बर्षको बसाइले ती साघुरा सोचहरुलाइ फराकिला बनाउने प्रयास गर्यो । गाउँका केही शिक्षित वर्गले जागिर छोडेर बिदेश जाने सल्लाह दिनुहुन्थ्यो । केही नबुज्नेहरुले बिदेश जान सकेन आनि गाउँ आयो भन्नुहुन्थ्यो तर म बिचलित भइन । लाग्छ राज्यलाई हाम्रो आवश्यकता छ । आनि हामिले पनि गरेनौ भने कसले गर्ने ? राज्यले शिक्षामा गरेको ठुलो लगनिले हामी शिक्षित भएका छौ तर हामीले हाम्रो जवानी, सीप र कुशलता अरुको देशमा गएर खर्चिनु राज्यको लागि धोका हुनेछ जस्तो लाग्छ । धेरै बिध्यार्थिहरुको सपना अमेरिका , अस्ट्रेलिया, युरोपमा गायर धेरै पैसा कमाउने छ । अभिभावकहरुले आफ्ना कलिला नानी बाबू हरुको मस्तिस्कमा अमेरिका , अस्ट्रेलिया, युरोप हलिदिनुभयको छ । यो धेरै गलत छ जस्तो लाग्छ । समाज परिबर्तन बौधिक बर्ग समाजमानै रहेर हरेक सामाजिक कृयकलापमा उपस्थित भयर अदृश्य रुपमा समजका बिकृती बिसङ्गती हरुलाइ उखेलेर फल्नु पर्ने हुन्छ तर हामीकहा बौद्धिक बर्ग पलायन हुँदै छ । आफ्नै जन्मभुमिमा सनो जिम्मेवारी लियर आफ्नो सीप र कुशलता प्रस्तुत गरेर राज्यलाई झिनो भयपनी योगदान पुर्याउन पाउँदा म अत्यन्तै खुशी छु ।