Monday, November 25, 2019

ओखलढुंगाका युवाहरु आधुनिक कृषी र पशुपालनमा जागरुक हुदै

कृषी र पशुपालनमा युवाहरु

ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका निवासी स्थानिय युवा शिक्षक चुडामणीअधिकारि र अशोक किरण लुइँटेलले स्वदेशमै केही गर्ने अभिप्रायले ओखलढुंगा यग्रो यन्ड लाइभ प्रा.लि नामको कम्पनी दर्ता गरि आफ्नै गाउँ ठाँउमा व्यावसाय सुरु गरेर एउटा उदाहरणीय कामको थालनी गर्नु भयको छ ।
पढेलेखेका शिक्षित  युवाहरु समेत विदेश पलायन भइरहेका बेला बिदेशको मोह त्यागेर आफ्नै गाउँमा ब्यवसायको थालनी गर्नुभयको हो । परम्परागत कृषि प्रणाली भयको हाम्रो देशमा अधुनिक किसिमले कृषि ब्यवसाय, पशुपालन, नर्सरीबाट बिरुवा उत्पादन,बख्रा पालन समेतको थालनी गर्नु भयको छ ।

काठमाडौंमा उच्च  शिक्षा हाशिल गरेर विदेश मोह त्यागि आफ्नै गाउँमा शिक्षाको ज्योती फैलाउन प्रबुद्ध माध्यमिक बिध्यालय च्यानमका शिक्षक बनेर फर्कनुभयका युवा चुडामणीअधिकारिले आफ्नो गाउँलाई कृषी र पशुपालनमा आत्मनिर्भर बनाउन सो कामको थालनी गरेको बताउनु भयो ।युवाहरु आधुनिक कृषी प्रणालीमा लागेर देशलाई कृषी उपज र पशुपालनमा आत्मनिर्भर बनाउनु पर्छ भन्ने वाहाहरुको विश्वाश छ ।







ओखलढु‌ँगाकाे धार्मिक स्थल ककनी सम्बन्धी भिडियो हेर्न यहाँ थिच्नुहाेस्

बाला चतुर्दशीको अबसरमा जलजलेश्वरमा बालन प्रतियोगिता, रामपुर प्रथम

ओखलढु‌ंगा खबर

बाला चतुर्दशी पर्व २०७६ को अबसर पारेर मोलुङ गाउँपालिकाको जलजलेश्वर महादेवस्थान त्रिबेणीमा लोपोन्मुख बालन प्रतियोगिता सम्पन्न भएको छ । बालाचतुर्दशीको अबसरमा आईतवार राती सम्पन्न भएको बालन प्रतियोगितामा मोलुङको रामपुर बालन समूह प्रथम भएको छ । रामपुर समूह प्रथम हुदै नगद रु १५ हजारका साथमा प्रमाणपत्र समेत हात पारेको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै र आफ्नो लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ बालन गीत प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुन्तादेवी वालन समूह द्वितिय, फुयाँल गाउँ बालन समूह तृतिय र सुनकोसी ८ बालन समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । विजयी भएका टिमहरुले क्रमशः द्वितियले नगद रु १० हजार, तृतियले नगद रु ७ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले नगद रु ५ हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरेका छन् । विजयी टिमहरुलार्इं संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि माननिय सांसद सुनुवारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जिल्लाको यो महत्वपूर्ण स्थानको प्रचार प्रसारका लागि लोपोन्मुख संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सम्बोधनका क्रममा सांसद सुनुवारले हाम्रो लोपहुन लागेको भाषा, संस्कार संस्कृतिको संरक्षण, जगेर्ना गर्न सबै आ–आफ्नो क्षेत्रबाट लागि पर्नुपर्ने भन्दै यस क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

प्रतियोगितामा मन्दिर आसपासका सुनकोशी गाउँपालिका र मोलुङ गाउँपालिकाका ६ ओटा टिमले सहभागीता जनाएका थिए । प्रतियोगीताको अबलोकनका लागि सांसद सुनुवारसँगै, नेकपा स्थायी आमन्त्रीत सदस्य पेशल खतिवडा, ओखलढुङ्गा जिल्ला समन्वय समिती सभापति जय बहादुर श्रेष्ठ , मोलुङ गाउँ पालिका अध्यक्ष मणिराज राइ उपाध्यक्ष हेम कुमारी तामाङ, शुनकोशी गाउँपालिका अध्यक्ष रुद्र प्रसाद अधिकारी लगायत पुग्नुभएको थियो । कार्यक्रमको समापनको क्रममा अवलोकनका लागि पुग्नुभएको अन्य अतिथिहरुले समेत भाषा संस्कृतीको संरक्षणको पक्षमा सम्बोधन समेत गर्नभएको मोलुङ गाउँपालिकाका सुचना अधिकृत गोपाल नेपालले जानकारी दिनुभयो ।